तपाईँ सुन्दै हुनुहुन्छः

चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको बच्चा मृत फेला 

 

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ६ महिनाकी केटी (गैँडाको पोथी बच्चा) मृत फेला परेको छ । नवलपुरको कावासोती नगरपालिका वडा नं. १३ स्थित नमुना मध्यवर्ती सामुदायिक वनको स्वर्गद्वारी घाटको पुछारमा अन्दाजी पाँच महिनाको केटी बिहीबार मृत फेला परेको निकुञ्जले जानकारी दिएको हो  ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडाको बच्चालाई भाले गैँडाले आक्रमण गरेको हुन सक्ने अनुमान  छ । उक्त केटीको भर्खर पलाउन लागेको खाग (ब्रह्म खाग) तथा खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा योसँगै निकुञ्जमा १५ गैँडा मरेका छन् । ती मध्ये चार वटा गैँडा तस्करले मारेका हुन् भने ११ वटा प्राकृतिक कारणले मरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button