तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु 

रुपन्देही  ।  रुपन्देहीको देवदहमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

देवदह नगरपालिका–२, का ७४ वर्षीय पुरुषको बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको देवदह नगरपालिका स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले बताउनुभयो ।

मृत्यु भएका पुरुष दमको दीर्घ रोगी रहनुभएको बन्जाडेले जानकारी दिनुभयो ।

योसँगै देवदहमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button