तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा १२ को परीक्षाका लागि तनहुँमा ७२ वटा परीक्षा केन्द्र

तनहुँ । कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा शुरु गरिएको कक्षा १२ को परीक्षाका लागि तनहुँमा ७२ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ । परीक्षामा अनियमित तथा अमर्यादिन कार्य गर्नेलाई एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाँय हुने बताइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै सुरु गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button