दमक बजार अब साताको शुक्रबार बन्द हुने

झापा । आउँदो मंसिर १२ गतेदेखि दमक बजार साताको शुक्रबार बजार बन्द हुने भएको छ ।
कोरोना महामारीका कारण भएको लकडाउन र नेपालीहरुको चाड पर्वहरुलाई मध्यनजर गर्दै बिगत केही समयदेखि साता दिन खुल्ला हुँदैआएको दमक बजार अब पूर्वत शुक्रबारका दिन बन्द हुने भएको छ ।
दमक उद्योग वाणिज्य संघले सूचना निकालेर दशँै, तिहार, छैठलगायतका चाडपर्व सकिएकाले अब शुक्रवार बन्द हँुदै आएको दमक बजार पूर्वत वन्द हुने छ । यसअघि चाडपर्व अवधि भर शुक्रबार समेत बजार खुल्ला हुँदै आएको थियो ।
संघका अध्यक्ष गोकुल श्रेष्ठले यही मङ्सिर १२ गतेखि हप्ताको शुक्रबार दमक बजार बन्द हुने र नगरका सबै उद्योग, व्यापार बन्द राखी ब्यवसायिक ऐक्यबद्धता कायम गरिदिनु हुन अनुरोध गर्नुभएको छ ।
संघले दमकमा साप्ताहिक हुने बन्दलाई कार्यान्वयन नगरे जरिवानासम्म गरिआएको छ ।दमकसँगै जिल्ला भरिका उद्योग वाणिज्य संघलगायतका व्यवसायिक संगठनले आ–आफना ठाँउमा पूर्वत साप्ताहिक बन्द गर्न थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्