तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप एक संक्रमितको मृत्यु, मृतकको संख्या २१ पुग्यो 

पाल्पा । पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रामपुर नगरपालिका १० का ८४ वर्षका पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

उनमा स्वासप्रश्वाससम्बन्धी समस्या रहेको र उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । यससँगै पाल्पामा कोरोनाले मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

पाल्पामा मंगलबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तानसेन नगरपालिका र अस्पतालका ८ जना, रामपुर नगरपालिका २ जना र रैनादेवी छहरा गाउपालिकाका १ जना गरी ११ जना रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

योसँगै पाल्पामा एक हजार ४ सय ८४ जना कोरोना संक्रमित पुगेका छन् भने एक हजार २ सय ३७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button