तनहुँबाट लागुऔषधसहित लागुऔषध कारोबारी पक्राउ
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले घाँसीकुवाबाट लागुऔषधसहित लागुऔषध कारोबारी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका वडा नं ६ ढुङ्गागाडे घर बताउने हेडडिम भन्ने ३१ वर्षीय पुर्ण बहादुर दमै रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान जिल्लाको व्यास(१२ घाँसीकुँवा स्थित पृथ्वी राजमार्ग सडकको उत्तरी किनारामा शंकास्पद हर्कद देखाई पछाडी झोला बोकी शंकास्पद अवस्थामा दमैलाई पक्राउ गरेको हो ।
उनको शरिर तलासी लिदा उनले पछाडी बोकेको झोला भित्र प्लाष्टिकले पोका पारी लुकाई छिपाई राखेको अवस्थामा २ मिलिको तरल पदार्थ सहितको डाइजेपाम लेखेको सिसि थान ३९, नोफिन लेखेको सिसि थान ३९, फेनेरेगन लेखेको सिसि थान ३९ गरी जम्मा ११७ थान फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
दमैलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमती लिई लागु औषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्