बाँकेमा २८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगन्ज। बाँकेमा आज २८ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा १५ पुरुष र १३ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ५ सय ५८ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा कोरोना निको हुने दर ९४.९६ प्रतिशत रहेको छ । आइसोलेसनमा अब १ सय ५१ जना छन् । बाँकेमा हालसम्म ३ हजार ७ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म बाँकेका ३८ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्