बन्द प्रशिक्षणमा डाकिएका खेलाडीको पीसीआर परीक्षण मंगलबार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा डाकिएका खेलाडीको कोरोना (पीसीआर) परीक्षण मंगलबार गर्ने भएको छ ।
नेपाली राष्ट्रिय टिमका फिजियो बिक्रम न्यौपानेले खेलाडीको पीसीआर परीक्षण सरेको जानकारी गराउनुभयो । क्यानले यस अघि खेलाडीको पीसीआर परीक्षण सोमबार गर्ने बताएको थियो । यस्तै न्यौपानेले बन्द प्रशिक्षणका लागि सबै खेलाडीहरु काठमाडौं आइपुगेको जानकारी दिनुभयो ।
क्यानले शुक्रबार बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको छ । नेपाली टिमको प्रशिक्षण मंसीर १० गतेबाट सुरु हुँदैछ ।
कोरोना भाईरसको महामारीको कारण नेपालले ९ महिनापछि बन्द प्रशिक्षण गर्न लागेको हो । नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।
नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन् ।
अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानु अघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन् ।
सन्दीपका व्यवस्थापक रमण सिवाकोटीले राष्ट्रिय टोलीको क्याम्पमा करिब १० दिन सहभागी भएर सन्दीप अष्ट्रेलिया जाने जानकारी गराए ।
’डिसेम्बरको १४ वा १५ मा सन्दीप अष्ट्रेलिया जानेछन् । यद्दपी मिति भने पक्का भएको छैन लगातार तेस्रो पटक बिग बास खेल्न लागेका सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजन खेलेका थिए ।








प्रतिक्रिया राख्नुहोस्