रामपुरमा एक युवाको शव फेला
पाल्पा । पाल्पाको रामपुरमा एक युवक मृत अवस्थामा भेटिएका छन् । रामपुर नगरपालिका वडा नं. ७ किसानबारी बस्ने अन्दाजी २२ बर्षीय जीवन राना मृत अवस्थामा भेटिएका हुन् ।
स्कुटी दुर्घटनामा परी रानाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । लु ५० प ६२१ नम्बरको स्कुटी सहित सडक छेउको कुलोमा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी रामपुर पाल्पाले जानकारी दिएको छ । घटना गए राति भएको हुन सक्ने प्रहरीको अनुमान छ । राना भारतीय सेनामा कार्यरत रहेको बताइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्