तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोभिड–१९ संक्रमणपछि बन्द रहेका विद्यालय खुल्दै

नेपालगञ्ज । बाँकेमा कोभिड–१९ संक्रमणपछि बन्द रहेका विद्यालय खोल्ने तयारी गरिएको छ । शिक्षा मन्त्रालयले सम्बन्धित स्थानीय तहले कोभिड संक्रमणको अवस्था हेरेर विद्यालय सुचारु गर्न सक्ने निर्देशिका जारी गरेपछि बाँकेमा पनि विद्यालय खोल्ने तयारी गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकामा मंसिर १० गतेदेखि विद्यालय खुल्ने भएका छन् । मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई विद्यालय सुचारु गर्ने निर्णय गरिएको छ । नरैनापुर गाउँपालिकामा पनि मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन हुँदैछन् । जिल्लाका सबै स्थानीय तहले स्वास्थ्य सजकता अपनाई विद्यालय सञ्चालन गर्ने तयारी गरेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button