बट्टाई पालनमा रमाउँदै प्रधानाध्यापक धर्मराज

सल्यान। सल्यानको एक विद्यालयका प्रधानाध्यापकले बट्टाई पालेर समाजमा उदाहरणिय कार्य गरेका छन् । जिल्लाको निराजन माध्यमिक विद्यालय ढोरचौरका प्रधानाध्यापक धर्मराज घर्तीले चार सय बढी बट्टाई पालन गरेर आम्दानी सँगै उदाहरणिय कार्य गरेका हुन ।
प्रति जोडी तीन सयका दरले बिक्री गर्दै आईरहेका घर्तीले मासिक १५ देखि २५ हजारसम्म आम्दानी गर्दै आइरहेका छन् । सुरुमा बिक्री वितरणका लागि केही समस्या भएपनि आजभोली भने बजारीकरणको समस्या नरहेको उनको भनाई छ ।
खाली समयमा गफ दिएर बस्नु भन्दा केही सिकेर खाली समयलाई सदुपयोग गर्नु उचित ठानेर अहिले व्यावसायिक रुपमा बट्टाई पालनलाई अगाडि बढाएको उनको भनाई छ । बट्टार्ई मात्र होईन, उनिले लोकल कुखरा, फाईटर जातका कुखुरा, टर्कि समेत पालन गरेका छन ।
लामो समयसम्म बिद्यालय नखुल्दा धेरै शिक्षकहरु फुर्सदिला भएको बेलामा उनले भने बट्टाई पालनमा व्यस्त हुने गरेका छन् । पढे लेखेकाले काम गर्न हुन्न भन्ने सोचाइ त्यागेर खालि समयमा गफिएर बस्नु भन्दा केही गर्नुपर्छ भनेर सोचका साथ बट्टाई पालन सँगै कुखुरा पालनमा लागेको घर्तीको भनाई छ । उनले भने आफुँले पढाउने विद्यालय प्राबिधिक धारको भएकाले श्रमलाई उत्पादनसँग जोडेर लैजाने लक्ष्यका साथ बटटई पालन गरेको हुँ ।








प्रतिक्रिया राख्नुहोस्