तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा विप्लव कार्यकर्ता पक्राउ

कञ्चनपुर। कञ्चनपुर जिल्लामा प्रहरीले एक जना विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको छ । भीमदत्तनगरपालीका ९ मटेनामा पार्टिको पर्चापम्पलेट फाल्दै मोटरसाईकलमा गई रहेको अवस्थामा स्थानीय दिपेन्द्र सिह ऐरलाई गएराती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर वहादुर थापा क्षेत्रीले वताउनु भएको छ ।

साथै उहांले विप्लव माओवादीका गतिविधिहरुलाई सुस्म अनुगमन गरि निस्तेज पार्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको वताउनु भएको छ । उहांले प्रत्येक पालीकाकामा रहेका सम्पुर्ण सरकारी कार्यालयहरुको सुरक्षा दिन प्रहरी परिचालन गरिएको वताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button