मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका १० स्थित पूर्वपश्चिम लोकमार्गमा मोटर साइकलले साइकल यात्रुलाई ठक्कर दिदा एक बृद्धको मृत्यु भएको छ ।
आइतबार बिहान ८ः३० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको स ११ प ११७६ नम्बर को मोटरसाइकलले सोही दिशा तर्फ जाँदै गरेको साइकललाई पछाडि बाट ठक्कर दिई दुर्घटना हुदा साइकलको पछाडि सवार रहेको नाम थर वतन केही नखुलेको अन्दाजी बर्ष ६० को पुरुषको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा सख्त घाइते भई निजलाइ मोरङको बिराटनगर स्थित गोल्डेन अस्पतालमा लगि उपचार गराउदा उपचारको क्रममा आइतबार दिउँसो २ः३० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको हालसम्म सनाखत हुन नसकेको र ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्