धनुषामा प्रदेश स्तरीय भलिबल प्रतियोगिता शुरु
जनकपुरधाम । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नंं ८ कचुरीमा आयोजना गरिईएको झण्डा मेलाको उपलक्ष्यमा आजदेखि प्रदेश स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा तथा झण्डा मेला आयोजकको आयोजनामा शुरु भएको प्रदेश नंं २ स्तरीय प्रतियोगिताको उद्घाटन प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले गर्नु भयो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्टको लागि खेलकुद’को नारासहित शुरु भएको प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख, दोस्रो हुने टिमलाई ५० हजार तथा तेस्रो हुने टिमलाई २५ हजार नगद, शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले खेलाडीको मनोवल बढाउन तथा खेलप्रति आकर्षण गर्नका लागि प्रतियोगिताको पुरस्कार रकम अर्को वर्षदेखि पाँच गुणाले बृद्धि गरेर ५ लाख पुर्याउने बताउनु भयो ।
मिथिला विहारी नगरपालिकाका वडाध्यक्ष जीवच्छ यादव र ललित यादव, झण्डा मेला आयोजनाका अध्यक्ष मनोहर यादव, सितादेवी यादव, विल्टु यादव, युवा नेता किसन साहले प्रतियोगिता शुभकामना व्यक्त गर्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्