तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा नदीजन्य पदार्थ उत्खनन् र विक्री वितरणमा रोक

बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेले खोला तथा नदीजन्य पद्धार्थ उत्खनन् एवम् विक्री वितरणमा रोक लगाएको छ ।

गृहमन्त्रालयको निर्देशनमा बाँके प्रशासनले ७ मंसीरदेखि लागू हुने गरी खोला तथा नदीजन्य पदार्थ उत्खनन्, भण्डारण तथा विक्री वितरण नगर्न नगराउन उर्दी जारी गरेको छ ।

गृह मन्त्रालयको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको पत्र अनुसार जिल्लामा गठित जिल्ला अनुगमन समितिले क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको अनुगमन एवम् मौज्दात नाप जाँच कार्य गरिरहेकोले ७ मंसिरदेखि लागू हुने गरी जिल्लाका कुनै पनि नदी वा खानीबाट ढुंगा, बालुवा, गिट्टी उत्खनन्, संकलन कार्य तथा घाटगद्दी एवम् उद्योगमा रहेको मौज्दात ढुंगा, गिट्टी, बालुवाको विक्री वितरणमा समेत रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्धारा जारीे सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button