बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

राजविराज । पूर्व पश्चिम राजमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिकाको देबधारमा आज शुक्रवार सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पश्चिमबाट आइरहेको ना५ख ६६४४ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा४२प १४२८ नम्बरको मोटसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार शभ्भुनाथ नगपालिका –७ बस्ने सोनू पासवानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनताएको छ ।
मृतक पासवानलाई परिक्षणका लागि गजेन्द्र नरायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कल्याणपुरबाट खटिएको टोलिले नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्