बेरोजगारलाई स्वरोजगारमा परिणत गर्न भुमि बैंकः मन्त्री अर्याल
स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले बेरोजगारलाई स्वोरोजगारमा परिणत गर्न भुमि बैंक ल्याईएको बताउनुभएको छ ।
शुक्रबार स्याङ्जा, वालिङमा मालपोत कार्यालयको नवनिर्मित भवनको उद्दघाटन गर्नुहुँदै मन्त्री अर्यालले भुमिको उचित उपयोग गर्नुपर्ने बताउनुहुँदै अब आधुनिक प्रणालीको अधिकतम प्रयोग गरी अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
देशभरका मालपोत तथा नापी कार्यालयहरु सिष्टमको माध्यमबाट नमुना बन्ने उहाँको दावी छ । उहाँले भन्नुभयो, ‘नापी तथा मालपोत कार्यालयहरुमा प्रविधिको प्रयोग गछौँ, प्रविधिको प्रयोगले सेवा प्रवाह छरितो हुन्छ, मान्छे आम्नेसाम्ने हुँन नपाएपछि भष्ट्राचार हुँदैन् ।’ प्रविधिको प्रयोगमा दक्ष जनशक्तिको अभावलगायतका चुनौतीहरु रहेपनि कर्मचारीको क्षमता विकास गर्ने पक्षलाई प्राथामिकता दिईएको उहाँले बताउनुभयो ।
देशभरका १३१ कार्यालयहरुलाई नमुना बनाईने भन्दै त्यसको शुरुवात स्याङ्जाबाट भएको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘वषौँदेखिका ढड्डाहरुलाई डिजिटाईज्ड गछौँ । ढकुमेन्टलाई सफ्टओएरमा राख्छौँ । यी सबै काम सकेर मालपोत नापीलाई स्थानीय तहमा हस्तान्तरण गर्ने अभियानमा हामी जुटेका छौँ ।’ त्यसका लागी कानुनी र प्राविधिक जटिलता भएपनि संसोधन गरेरै भएपनि अभियानलाई सार्थकता दिने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्