बाँकेमा उपचाररत अछामका युवकको कोरोनाबाट मृत्यु

नेपालगन्ज। भिरबाट लडेर घाइते भएका अछामका युवकको कोरोना संक्रमणका कारण बाँकेमा मृत्यु भएको छ ।
पालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरवस्थानका २५ वर्षीय युवकको गएराति मृत्युु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
भिरबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि कार्तिक २९ गते वेहोस अवस्थामा कोहलपुर लगिएका उनलाई कोभिडको आशंकामा सोही दिन स्वाब परिक्षण गर्दा ३० गते कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणपछि उनको मृत्यु भएसंगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्