रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ९० जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ९० जनाको मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाका दुई कोरोना विशेष अस्पताल, होमआइसोलेसन तथा अन्य अस्पतालमा मृत्यु भएकाको संख्या ९० पुगेको हो ।
त्यसैगरी हालसम्म ७ हजार ४ सय ८५ जना सङ्क्रमित भएकोमा ६ हजार २ सय ९६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
बिहीबारसम्म जिल्लामा १ हजार ९९ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार थप ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।








प्रतिक्रिया राख्नुहोस्