तपाईँ सुन्दै हुनुहुन्छः

तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय मङ्सिर ७ गतेबाट खुल्ने

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायीक तथा संस्थागत विद्यालयहरु जनस्वास्थ्य प्रोटोकल पालना गर्दै यहीँ मंसिर ७ गतेबाट खुल्ने भएका छन् ।

विद्यार्थीलाई भौतिकरुपमै कक्षा कोठामा शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।

संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचाअनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुचारु गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।

नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् ।

मापदण्डअनुसार विद्यालय सञ्चालन भए÷नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघसंस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

विद्यालयहरुले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैलाई समेटी मापदण्डअनुसार कक्षा सञ्चालन कार्ययोजना बनाई मंसिर १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा अनिवार्य रुपमा पेश गर्न नगरपालिकाले भनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button