तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

धनगढी –कैलालीमा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गोदावरी नगरपालिका-४ का कोरोना सङ्क्रमित ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि बुधवार अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
योसँगै कैलालीमा कोरोना सङ्क्रमणपछि मृत्यु हुनेकाे सङ्ख्या १८ पुगेको छ ।
यसै गरी आज सेती प्रादेशिक अस्पतालको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
योसँगै  कैलालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ७८ पुगेकाेछ । तीमध्ये ३ हजार ६ सय ९ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button