तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप २१ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगञ्ज। बाँकेमा आज थप २१ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेसनमा रहेका १३ जना पुरुष र ८ महिला कोरोनामुक्त भई डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै कोरोनाबाट निको हुनेको संख्या ३ हजार ४ सय १४ पुगेको छ । अब बाँकेमा आइसोलेसनमा १ सय ७३ जना छन् । हालसम्म ३ हजार ६ सय २४ जनामा कोरोना पुष्टि हुँदा बाँकेका ३७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button