चितवनमा गोर्खाकी कोरोना संक्रमित महिलाको मृत्यु
चितवन । चितवनमा गोर्खाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउंँपालिका वडा नम्बर ७ की ८४ बर्षीय बृद्धा रहेकी छिन ।
निमोनिया सम्बन्धी समस्या भई कात्तिक २८ गते अस्पताल भर्ना भएकी उनको आज बिहान ९ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिनुभयो । ती बृद्धाको कात्तिक २९ गते स्वाव परीक्षण गरिएको सोही दिन उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको उपचार गरिदैं आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्