प्रधानमन्त्री ओलीद्वारा नेकपा नेता बाटीको निधनप्रति दुःख ब्यक्त

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बागमती प्रदेश कमिटीका सल्लाहकार नारायणभक्त बाटीको निधनप्रति दुःख ब्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले श्रद्धान्जली पत्र मार्फत दुःख ब्यक्त गर्दै नेता बाटीको निधनबाट पार्टी, जनता र राष्ट्रको लागि अपुरणीय क्षति भएको बताउनुभएको छ ।
नारायणभक्त बाटीले विशेष गरी भक्तपुर जिल्लाको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविष्मरणीय योगदान पु¥याउनुभएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःश्वार्थ एवं असीमित समर्पण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदानहरु मार्फत् चिरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको श्रोत रहनुहुनेछ ।’
वि.सं. २००३ साल मंसिर १ गते भक्तपुरमा जन्मनुभएका बाटीको यही मंसिर १ गते सोमबार ७४ वर्षको उमेरमा निधन भएको थियो ।









प्रतिक्रिया राख्नुहोस्