तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार महासंघका अध्यक्ष रुम्दालीद्धारा म्यारापिक आरोहण

ओखलढुंगा । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका अध्यक्ष दिपेन्द्र रुम्दालीले माउन्ट म्यारापिक आरोहण गर्नुुभएको छ । ६४७० मिटरको उचाइमा रहेको म्यारापिक अध्यक्ष रुम्दालीले २०७७ कातिक २९ गते सफलता पुर्बक आरोहण गर्नुुभएको हो ।


सोल हिमालयन ट्रेक एण्ड टुर्स् को व्यवस्थापनमा आरोहण दलका अन्य सदस्य सहित हिमाल चढेका अध्यक्ष रुम्दालीले ६ हजार ४ सय ७० मिटरको उचाइमा पुुगेर नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको झण्डा फहराउनुु भएको छ । ‘हिमाल आरोहण निकै ऐतिहासिक भयो ।

६ हजार ४ सय ७० मिटरको उचाईमा पुुगेर सफलता पूर्बक महासंघको जिल्ला शाखाको झण्डा फहराएर फर्किएँ ।’ रुम्दालीले भन्नुुभयो, ‘यो यात्रामा सहयोग गर्ने सबैप्रति ऋणी छुु ।’ आगामी वर्ष थप अग्ला हिमाल आरोहणको लक्ष्य राखिएको अध्यक्ष रुम्दालीले बताउनुु भएको छ ।
सोल हिमालयन ट्रेक एण्ड टुर्स् का सञ्चालक सर्की शेर्पा र पेम्बा शेर्पाको सहयोगमा अध्यक्ष रुम्दालीले सफलता पूर्वका हिमाल आरोहण गर्नुुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button