अमेरिकामा कोरोना संक्रमित हुनेको दर हालसम्मकै उच्च
न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको सङ्ख्यामा पुनः बृद्घि भएको छ ।अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई लाख पचास हजार नाघेको छ भने सङ्क्रमितको सङ्ख्या पनि एक करोड १८ लाख पुगेको छ ।
जन हप्किनस् विश्वविद्यालयका अनुसार अमेरिका कोरोना संक्रमित र सङ्क्रमणबाट मृत्यु हुनेको देशमा विश्वमै अगाडी छ ।
अमेरिकामा कोभिड १९ महामारी सुरु भए देखिकै सबैभन्दा बढी दैनिक वृद्धि हाल देखिरहेको जन हप्किनस् विश्व विद्यालयले बताएको छ ।
अमेरिकाका सरुवा रोग विशेषज्ञ डा. अनयोनी काउसीले जाडोका कारण मानिसहरू घरभित्र भेला गरेर बस्ने भएकाले सङ्क्रमितको सङ्ख्या अझ बढ्न सक्ने बताउनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्