राष्ट्रिय क्रिकेट टोलीको एक दिवसीय मान्यता एक वर्ष बढ्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसिय (ओडिआई) मान्यता अर्को एक वर्ष बढ्ने भएको छ । सन् २०२२ सम्मलाई रहेको नेपालको ओडिआई मान्यता अब २०२३ सम्म रहने छ ।
नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले बुधबार वार्षिक साधारण सभाको उद्घाटनका क्रममा कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप लिग–२ का खेलहरु हुन नसक्दा एक वर्ष बढाएर २०२३ मार्च सम्मलाई ओडिआई मान्यता दिने भएको जानकारी गराउनुभयो ।
नेपालको २०२१ मा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा दुई वटा खेल खेल्नेको सम्भावना रहेको पनि अध्यक्ष चन्दले बताउनुभयो । मार्चदेखि विश्वकप लिग–२ गराउन आइसिसीले क्यानलाई प्रस्ताव राखेको चन्दले जानकारी दिनुभयो ।
मार्चमा नेपालले ओमानमा गएर खेल्ने सम्भावना छ । जुलाईमा पनि आइसिसीले त्रिकोणात्मक सिरिजको लागि प्रस्ताव गरेको छ । बाँकी विश्वकप लिग–२ का खेलहरु २०२२ र २०२३ मा हुने अध्यक्ष चन्दले बताउनुभयो ।
डिसेम्बर भित्र क्यानले प्रधानमन्त्री कप एकदिवसिय महिला र पुरुष दुवैको राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरिरहेको पनि भर्चुगल साधारण सभामार्फत चन्दले जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्