तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा बसको ढोकाबाट खस्दा एकजनाको मृत्यु

सल्यान । सल्यानमा गुडिरहेको बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।

सल्यानको वाफुखोलाबाट दाङ्ग जाँदै गरेको ना ५ ख १००१ न बसको ढोकाबाट खस्दा सल्यान बागचौर नगरपालिका ११ वाफुखोलाका २१ वर्षीय एकराज खड्काको मृत्यु भएको हो ।

बुधबार बिहान बागचौर नगरपालिका २ खरिबोट नजिकै बसबाट खसेर गम्भीर घाइते भएका खड्काको जनप्रिय पोलिक्लिनिक बागचौरमा उपचार हुन नसकेपछि सल्यान जिल्ला अस्पताल लगिएको थियो ।

थप उपचारका लागि सल्यान अस्पताल पुर्याएका खड्कालाई अस्पताल लगेलगत्तै डाक्टरले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको र अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button