तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ११ सय २७ जना कोरोना संक्रमणमुक्त

अछाम । अछाममा एक हजार एक सय २७ जना कोरोना भाईरस ९कोभिड–१९० संक्रमण मुक्त भएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तह तथा नेपाल प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी लगायत गरि ११ सय २७ जना कोरोना संक्रमित संक्रमण मुक्त भई घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

हालसम्म जम्मा कोरोना संक्रमित पुरुष ९ सय १ र महिला २ सष ५८ गरि एक हजार एक सय ५९ जनामध्ये एक हजार एक सय २७ जना निको भएपछि निको हुनेको प्रतिशत ९७ दशमलब २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

अब अछाम जिल्लामा सक्रिय संक्रमितको संख्या २८ रहेको छ ।

कोरोना निको भई तथा सरकारको मापदण्ड अनुसार १४ दिनपछि निको भई घर फर्किनेमा सबैभन्दा बढी जिल्लाको साँफेबगर नगरपालिकाका दुई सय ७४ जना रहेका छन् । मंगलसैन नगरपालिकाका १ सय ७५ जना, रामारोशन गाउँपालिकाका एक सय ६५ जना, मेल्लेख गाउँपालिकाका एक सय ४६ तथा बान्नीगढी जयगढ गाउँपालिकाका १ सय ५ जना निको भई घर फर्केका छन् ।

यस्तै पञ्चदेवल विनायक नगरपालिकाका ८८ जना, चौरपाटी गाउँपालिकाका ७७ जना तुर्माखाँद गाउँपालिकाका ६० जना, ढकारी गाउँपालिकाका २९ जना तथा कमलबजार नगरपालिकाका ४० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण अछाम जिल्लाका ४ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button