विश्व बैङ्कले करिब ४२ अर्वको ऋण सहयोग गर्ने

काठमाडौँ । विश्व बैकले नेपालको सहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरण सहित कोभिड–१९ पश्चताको उत्थानशील पुनरुत्थानलाई टेवा पुर्याउन करिब ४२ अर्व रुपैयाँ बराबरको ऋण सहयोग गर्ने भएको छ ।
सहयोग सम्बन्धी दुई छुट्टा–छुट्टै सम्झौता पत्रमा आज नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र माल्दिभ्स,नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको छ ।
नेपालको सहरी शासकीय सुधार र पूर्वाधार आयोजना (ल्भउब िग्चदबल न्यखभचलबलअभ बलम क्ष्लाचबकतचगअतगचभ एचयवभअत) र ‘आर्थिक वृद्धिका लागि वित्त’ विकास नीति सहायता (ँष्लबलअभ ायच न्चयधतज म्भखभयिऊभलत एयष्अिथ ऋचभमष्त० गरी दुई वटा योजनाको कार्यान्वयनको लागि सहयोग रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाल सहरी शासकीय सुधार र पूर्वाधार आयोजनाले दुई रणनीतिक सहरी समूहहरूमा अवस्थित ३३ वटा नगरपालिकाहरूलाई करिब रु.१८ अर्व रुपैयाँ बराबरको सहयोग हुनेछ । त्यस सहयोग अन्तर्गत पूर्वी तराई क्षेत्रका प्रदेश १ र २ तथा र पश्चिमी क्षेत्र (गण्डकी प्रदेश र लुम्बिनी प्रदेश) का नगरपालिकाहरू पर्छन् ।
आयोजनाले कार्यक्षेत्र अन्तर्गतका नगरपालिकाहरू र त्यहाँ बसोबास गर्ने नागरिकहरूको प्राथमिकताका आधारमा लक्षित सहरहरूका रणनीतिक पूर्वाधारमा आर्थिक सहयोग पुर्याउनेछ । साथै नेपालमा पहिलो पटक अनुदान श्रोतको सुनिश्चिततासहित साना खालका श्रम केन्द्रित सार्वजनिक निर्माण कार्य लगायतमा आर्थिक सहयोग पुर्याउनेछ ।
यसै गरी नेपालको वित्तीय क्षेत्रको स्थिरतालाई सुदृढ बनाउन, वित्तीय समाधानका उपकरणहरूमा विविधता ल्याउन र वित्तीय सेवाहरूको पहुँचमा वृद्धि गर्नका लागि नेपाल सरकारले अङ्गीकार गरेका विभिन्न सुधारका प्रयासहरू र प्रतिवद्धताहरुको कार्यान्वयन गर्न विश्व बैङ्कले २० करोड अमेरिकी डलर अर्थात् करिब २४ अर्व रुपैयाँ बराबरको सहयोग पनि गरेको छ ।
सो सहयोग विश्व बैकले आर्थिक वृद्धिका लागि वित्त’ नीति विकास सहायता मार्फत बजेटरी सहयोग प्रदान गरेको हो ।
उक्त आयोजनाले महामारीको प्रभावको सन्दर्भमा, बैङ्किङ र वित्तीय संस्थाहरूले सामना गर्नुपर्ने जोखिमहरूको उचित सुपरिवेक्षणमा सहयोग पुर्याउनेछ ।
त्यसै गरी निजी क्षेत्रमा जाने पुँजी प्रवाहमा अभिवृद्धि गर्दै लगानीका नयाँ अवसरहरू उपलब्ध गराउन सहयोग पुर्याउनेछ । सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले नेपालमा सहरी विकासको सुदृढीकरण र वित्तीय क्षेत्रको स्थिरतामा सुधारका लागि प्राप्त भएको विश्व बैङ्कको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले आयोजनाहरूले नेपालमा सङ्घीयताको कार्यान्वयन र वित्तीय सुधारको विषयलाई टेवा दिँदै सरकारको कोभिड–१९ पश्चताको आर्थिक पुनरुत्थानका प्रयासमा योगदान पु¥याउने बताउनुभयो ।
माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले राहत, पुनरुत्थान र उत्थानशील योजना कार्यान्वयनका लागि नेपाल सरकारको प्रयासमा सहयोग पुर्याउँदै तत्कालका आवश्यकताका साथै दीर्घकालीन उद्देश्यहरू प्राप्त गर्न र महामारी पश्चात् पहिले भन्दा सबल र उत्तम पुनर्निर्माण अवसरहरू सुनिश्चित गर्नका लागि विश्व बैङ्क प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले नयाँ आयोजनाहरू मार्फत नेपालमा सङ्घीयता कार्यान्वयन प्रक्रियाको एक हिस्साका रूपमा प्रभावकारी सेवा प्रवाहका लागि संस्थाहरूलाई सुदृढ पार्न र आर्थिक पुनरुत्थानलाई बढवा दिदैं उत्थानशील वित्तीय क्षेत्रको निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्न बैक थप उत्साहित भएको बताउनुभयो ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा.रमेश सिंह, अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र सहरी विकास विभागका महानिर्देशक मणिराम गेलाल लगायतको उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्