तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाले बोलायो मङ्सिर १८ मा स्थायी र २५ मा केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) सचिवालयको बैठकले मङ्सिर १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मङ्सिर १३ गते पुनः सचिवालय बैठक बोलाउने,  मंसिर १३ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक स्थितिबारे प्रस्ताव प्रस्तुत गर्ने र सचिवालयले उक्त प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको छ ।

सचिवालयले उक्त प्रस्तावमाथि छलफल गरी १८ गते बस्ने स्थायी समिति बैठकमा प्रस्तुत गर्ने । उक्त प्रस्तावलाई २५ गते बस्ने केन्द्रीय समिति बैठकमा पनि प्रस्तुत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीलाई राजनीतिक प्रतिवेदन लेखनका लागि बैठकले १० दिनको समय दिएको छ ।

यस्तै १८ गते स्थायी समितिको बैठक आयोजना भएको छ भने मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते सरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button