तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा दुई लाख ५० हजारका अवैध कपडा बरामद

टीकापुर कैलाली । कैलालीमा दुई लाख ५० हजार बराबरका अवैध कपडा बरामद गरिएको छ ।

सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह आरआइटी र इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले भारतबाट भित्र्याउदै गरेका अवैध कपडा बरामद गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार गएराति १ बजेतिर खक्रौला नाकाबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा एक सय वटा कोट र १ सय ५० सर्ट पाइन्ट बरामद गरिएको छ ।
बरामद गरीएको कपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय खक्रौलालाई बुझाइएको प्रमुख न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button