कञ्चनपुरमा थप १८ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज

कञ्चनपुर । कञ्चनपुरमा आज थप १८ जना कोरोना सङ्क्रमित निको भई डिस्चार्ज भएर घर फर्केका छन् ।
महाकाली प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका ९० जना कोरोना सङ्क्रमित मध्ये आज १८ जना निको भएर डिस्चार्ज भएसँगै जिल्लामा अब ७२ जना मात्र कोरोनाका सक्रिय सङ्क्रमितहरू रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोरोना फोकल पर्सन शिवदत्त जोशीले बताउनु भएको छ ।
उहाँले कञ्चनपुरमा कुल सङ्क्रमित एक हजार एक सय ७५ जना मध्ये आजसम्म एक हजार एक सय तीन जना निको भएर घर फर्किसकेको बताउनभयो ।
कञ्चनपुरमा कोरोना सङ्क्रमणका कारण आजसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्