दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु

नेपालगन्ज। दाङका कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्युु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ का ७९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा गएराति २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
कार्तिक २१ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या आएपछि गएराति साढे १२ बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुर लगिएका उनको डेढ घण्टामै मृत्युु भएको हो । उनी दम र उच्च रक्तचापका विरामी थिए । यो संगै बाँकेमा बाहिरी जिल्लाका ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्