बर्दिवासमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु

बर्दिवास । महोत्तरीको बर्दिवासमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दाजुभाइ मध्ये दाजुको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिवासचोकमा बुधवार बिहान पूर्व–पश्चिम जाँदै गरेको ना ७ ख ३५२१ नम्बरको तेल ट्याङ्करले ग ९प ५३२१ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । टयाङ्ककरको ठक्करबाट मोटर साइकलमा सवार पछाडि बस्ने सिन्धुली तिन पाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
ठक्करबाट घाईते भएका परियारको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले बताउनुभयो ।
मोटरसाइकल चालक भाइ भने सकुशल रहेको र ठक्कर दिने तेल टयाङकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक चापागाईँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्