भोलिदेखि छठ पर्व शुरु हुँदै

काठमाडौं । धार्मिक एवं आस्थाको पर्व छठ भोलिदेखि शुरु हुँदैछ ।
भगवान सूर्यको पूजाअराधना गर्ने यो पर्व निष्ठा एवं पवित्रताका साथ मनाउने गरिन्छ ।
यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारी लगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ ।
खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ ।
यतिखेर ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ ।
रासस






प्रतिक्रिया राख्नुहोस्