तपाईँ सुन्दै हुनुहुन्छः

६ लाख मुल्यको कपडा बरामद, तस्करीमा संलग्न २ पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३ को ०१–०२२ च ७०७० नम्बरको निजी कारबाट प्रहरीले ६ लाख मुल्य बराबरको अवैध रुपमा राजस्व छलि रक्सौलबाट ल्याउदै गरेको भारतीय कपडा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय जीतपुरले अवैध रुपमा भन्सार छली वीरगञ्ज हुदै हेटौडा तर्फ लैजान लागेको करिब ६ लाख मुल्य बराबरको भारतीय कपडा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय जीतपुर अगाडीको सडक खण्डमा कारलाई चेकजाँच गर्दा अबैध रुपमा भारतबाट भन्सारी छली ल्याएको करिब ६ लाख मुल्य बराबरको भारतीय कपडा बरामद भएको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक देवबहादुर चन्दले जानकारी दिनुभयो ।

कपडा सहित प्रहरीले कारका चलाक धादिङ्ग स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ तेजारथ टोल बस्ने कृष्ण नारायण श्रेष्ठ र अबैध पकडाको कारोबारमा संलग्न भारत बिहार पश्चिमी चम्पारण बेतिया जिल्ला सिक्टा घर भई बिरगंज महानगरपालिका वडा नम्बर २ छपकैंयामा बस्दै आएका इस्ताक अंसारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अंसारीले बरामद गरिएको कपडा वीरगञ्ज महानगरपालिका वडा नं.२ छपकैंया बस्ने नानु शेखको भएको प्रहरी समक्ष बताएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भई रहेको र बरामद गरिएको कपडा तथा सवारी साधनलाई थप कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी भइ रहेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button