तपाईँ सुन्दै हुनुहुन्छः

चित्रांश प्रिमियर लिग क्रिकेटको उपाधि विवेक ब्लाष्टर्सलाई

रुपन्देही । रुपन्देहीको भैरहवामा सञ्चालित चित्रांश प्रिमियर लिग क्रिकेट प्रतियोगिता–२०७७ को उपाधि विवेक ब्लाष्टर्सले जितेको छ ।

फाइनल खेलमा मनिष अल्ट्रोनलाई ९ रनले पराजित गर्दै विवेक ब्लास्टर्सले प्रतियोगिताको उपाधि जितेको हो ।

प्रतियोगितामा विवेक ब्लाष्टर्सका सौरभ लाभ म्यान अफ द म्याच घोषित भएको आयोजक संस्था चित्रांश युवा क्लब सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष शुभम कर्णले बताउनुभयो ।

त्यस्तै लिगको म्यान अफ द सिरिज, बेष्ट ब्याटस्म्यान, बेष्ट बलर, मोस्ट सिक्सेज सौरभ लाभ घोषित हुनुभएको छ । त्यसैगरी मोस्ट विकेट सौरभ लाभ र आनन्द लाल कर्ण घोषित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button