तपाईँ सुन्दै हुनुहुन्छः

आज कर्णालीमा संक्रमित शुन्य, कोरोना जितेर ७८ जना घर फर्किए

सुर्खेत । कर्णाली प्रदेशबाट आज कोरोना जितेर ७८ जना घर फर्केका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९, संक्रमण निको भई घर फर्किनेमा सुर्खेतका–६६, दैलेखका–१०, रुकुम पश्चिम र जुम्लाका १–१ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेशबाट हालसम्म कोरोना जितेर ५ हजार ८ सय ५७ जना घर फर्किसकेका छन् । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले प्रदेशमा पछिल्लो २४ घण्टामा कुनै पनि नागरिक कोरोना संक्रमत पुष्टि नभएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा हालसम्म ६ हजार ४ सय ४३ जना कोराना संक्रमित भएका थिए ।

प्रदेशमा संक्रमित हुनेमा सुर्खेतका २ हजार ७ सय ७५, दैलेखका १ हजार ५ सय ६८, जाजरकोटका १ सय १३, सल्यानका ५ सय ६५, रुकुम पश्चिमका १ सय ९७, जुम्लाका ३ सय ५५, कालिकोटका ३ सय ७, हुम्लाका ३८, मुगुका ३५ र डोल्पाका १५ सँगै अन्य प्रदेशका ४ सय ७० तथा भारतका ५ जना रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

कर्णालीमा हालसम्म कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या १८ रहेको छ । त्यसमा सुर्खेतका ९, दैलेखका ४, डोल्पाका १, कालिकोट १, रुकुम पश्चिम १ जना सँगै अन्य प्रदेशका २ जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिनु भयो । उहाँका अनुसार मृत्यु हुनेमा पुरुष १२ सँगै ६ जना महिला रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button