तपाईँ सुन्दै हुनुहुन्छः

थप २ हजार ८ सय ७८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । आज थप २ हजार ८ सय ७८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ८४ दशमलव ८ प्रतिशत रहेको छ ।

आज ३० हजार ९ सय ८६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

आज २८ हजार २ सय ७ जना संक्रमित होम आइसोलेसन तथा २ हजार ७ सय ७९ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौमा १३ हजार ३ सय २१, ललितपुरमा २ हजार ७९ र भक्तपुरमा १ हजार १ सय ३५ जना गरी उपत्यकामा मात्रै १६ हजार ५ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमित मध्ये गम्भिर लक्षण भएका ३ सय १८ जनाको आइ.सी.यू र ३८ जनाको भेण्टिलेटरमा राखेर उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ५ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार आज ३ हजार १ सय १२ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा जम्मा २ सय ९८ जना पुरुष तथा २ सय ४ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौमा २ सय ८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ गरी काठमाडौ उपत्यकामा जम्मा ३ सय ३९ जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको कूल संख्या २ लाख ११ हजार ४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज कोरोना संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १ हजार २ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button