तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ का ८१ बर्षीय बृद्ध रहेका छन ।

अस्पतालका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर ती बृद्ध कात्तिक २८ गते कोभिड आइसियु कक्षमा भर्ना भएका थिए । उनको मङ्गलबार दिउसो २ बजेर २५ मिनेट जांँदा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । ती बृद्ध कोभिड १९ संक्रमण , निमोनिया, एआरडिसका कारण मृत्यु भएको बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button