तपाईँ सुन्दै हुनुहुन्छः

कारागारका महिला कैदीबन्दी छठ पर्व मनाउने तयारीमा

वीरगंज । वीरगंज कारागारमा रहेका २९ जना महिला कैदीबन्दीहरु छठ पर्व मनाउने तयारीमा जुटेका छन् ।

विभिन्न मुद्दामा सजाय भोगीरहेका ब्रतालु कैदि महिलाहरु अहिले छठको तयारीमा निकै नै ब्यस्त भएका छन् ।

परीवारबाट कोहि आफन्तजन भेट्न नआएपनि श्रीमान, सन्तान लगायत घरपरीवारको सुख शान्तिको कामना गर्दै उनीहरु छठ माताको पुजामा जुटेको ४६ बर्षीय प्रभावति देवीले बताउनु भयो ।

कैदी जिवन बिताइरहेकी पर्सा नितनपुरकि ४६ बर्षीया प्रभावति देवी विगत २१ बर्ष देखी छठको ब्रत बस्दै आएका छन् । लागुऔषधको मुद्दामा पक्राउ परेकी उनी विगत १५ वर्ष देखी वीरगंज कारागार भित्रै छठको ब्रत गर्दै आएकि छिन् ।

२ सन्तानकि आमा प्रभावति भन्छिन्–“जिवनमा आफुले जुनसुकै परिस्थितीमा गल्ति गरेपनि आफ्नो सन्तान सहि काम गरोस् भनेर छठि माई संङ्ग बिन्ती गर्ने बताउनु भयो । यसैगरी कारागार भित्र दुई जना पुरुष पनि छठ वर्तमा जुटेका छन ।

दिनेश मण्डल र उपेन्द्र वैठा छठी माताको वर्तको लागि आवश्यक तयारीमा जुटेको वीरगंज कारागारका निमित्त प्रमुख नवराज वर्तौलाले जानकारी दिनुभयो ।

पुरुष कारागार परीसर भित्र सानो पोखरी भएकाले भगवान सुर्यलाई अर्ग दिनका लागी छठको अवसरमा महिला कैदिहरुलाई पुरुष कारागार भित्र प्रवेश गर्न पुजा अवधि भरी दिने व्यवस्था मिलाईएको निमित्त कारागार प्रमुख बर्तौलाले बताउनु भयो ।

खर्चिलो मानिने छठ ब्रतको तयारीका लागी कारागारको पहलमा वीरगंजका विभिन्न दातृ निकाय तथा संघ सस्थाहरुले सहयोग गरेको बर्तौलाले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button