तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा १ कोरोना संक्रमित महिलाकोे मृत्यु

वीरगञ्ज । वीरगंजमा उपचारत १ जना कोरोना संक्रमित महिलाकोे मृत्यु भएको छ । वीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटल बाबा ईन्टरनेशनलको आईसोलेसनमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ की ६४ वर्षीया महिलाको सोमबार संक्रमणका कारण हिजोसाँझ मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएपछि महिलालाई आइतबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना पश्चात कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाबलाई जिन एक्पर्ट प्रविधिबाट परीक्षण गर्दा आइतबारनै कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि महिलालाई वीरगंजको नेशनल मेडीकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटल बाबा इन्टरनेशनलको आइसोलेसनमा रहेको आइसियुमा राखेर उपचार गरिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

महिलाकोे मृत्यु सँगै पर्सामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button