मुख्यमन्त्री राउतद्वारा टावर लाईटहरुको उद्घाटन
बीरगंज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आज साँझ वीरगंज वडा नम्बर १६ इनर्वा, वडा नम्बर ५ विर्ताको रेल्वे रोड र वडा नम्बर २ छपकैयामा निर्माण गरिएको टावर लाईटको उद्घाटन गर्नुभएको छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तरगत निर्मित १६ मिटर उचाई रहेको टावरको आज छुटाछुट्टै कार्यक्रमबीच मुख्यमन्त्री राउतले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री राउतले वीरगंजलाई उज्यालो बनाउने अभियानमा आफू जुटेको बताउदै हिन्दुहरुको महान पर्व दिपावली र छठ पर्व उज्यालोको साथ मनाउन स्थानिय वासिन्दालाई शुभकामना दिनु भएको थियोे ।
झण्डै ३३ लाखको लागतमा तिन वटा टावर लाईटको निर्माण सम्पन्न गरिएको थियो ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ सांसद प्रदिप यादव, मदन यादव, शेख समिर, सलाउद्दिन अहमद, अमोद यादव लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्