तपाईँ सुन्दै हुनुहुन्छः

विभिन्न बीमा कम्पनीहरूको आईपीओ आउँदै

file photo

काठमाडौं । विभिन्न बीमा कम्पनीहरूको साधारण सेयर (आईपीओ) बजारमा आउने भएको छ ।

नयाँ ९ वटा बीमा कम्पनीले ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने तयारी सुरु गरेका छन् ।

जस अनुसार सिटिजन लाइफले ७५ करोड, युनियन लाइफले ६४ करोड ५० लाख, आईएमई लाइफले ६० करोड, ज्योति लाइफले ६६ करोड मूल्य बराबरको आईपीओ निष्काशन गर्न लागेका हुन् ।

यसैगरी महालक्ष्मी लाइफले ६० करोड, प्रभु लाइफले ६० करोड, रिलायवल नेपाल लाइफले ६० करोड र सन नेपाल लाइफले ६० करोड रुपैंयाको आइपीओ जारी गर्नेछन् ।

बीमा समितिले गरेको प्रावधान अनुसार जीवन बीमा कम्पनीहरूले २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले १ अर्ब पुँजी पुर्याउनु पर्ने रहेकाले बीमा कम्पनीहरू लाई साधारण सेयर (आईपीओ) निष्काशन गर्नुपर्ने दबाव परेको हो ।

यसअघि नयाँ बीमा कम्पनीमध्ये अजोड, सानिमा जनरल, जनरल इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारण शेयर जारी गरिसकेका छन् ।

नेपालमा अहिले कुल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button