नारायणी अस्पतालले आकस्मिक कक्षमा हेर्न छाडेपछि बिरामी प्रभावित
बीरगंज । नारायणी अस्पतालले आकस्मिक कक्षमा बिरामी हेर्न छाडेपछि सर्वसाधारण गरिब बिरामी प्रभावित भएका छन ।
सर्वसाधारण नेपालीको उपचार गर्ने सरकारी अस्पतालको रुपमा रहेको बीरगंज स्थित नारायणी अस्पतालले आकस्मिक रुपमा अस्पताल पुगेका कोरोना बाहेक अन्य रोगका बिरामीलाई हेर्न छाडे पीडितहरुले बताएका छन् ।
विभिन्न रोगले ग्रसित भई आकस्मिक रुपमा अस्पताल पुगेका बिरामीहरुलाई चिकित्सक नभएको बहानामा नारायणी अस्पतालले निजी अस्तपालमा रेफर गर्ने गरेको भेटिएको छ । कोरोना संक्रमण सँगै विगत २ महिना अगाडी मात्रै ओपिडी सेवा शुरु गरेको नारायणी अस्पतालमा अहिले आकस्मिक सेवामा समेत चिकित्सक नबस्दा दुर्घटना तथा अन्य आकस्मिक रोगबाट पिडित भई अस्पताल पुगेका बिरामीहरुले ज्यान गुमाउनु पर्ने अवस्था देखिएको छ ।
आज जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका एक जना थुनुवा अचानक बिरामी भएपछि उपचारका लागि नारायणी अस्पतालमा पठाईएको र अस्पतालले चिकित्सक नभएको भन्दै बिरामीको उपचार गर्न नमानेपछि समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
थुनुवालाई नारायणी अस्पतालले उपचार गर्न नमान्दा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजमा पठाउनु परेको पन्तले गुनासो गर्नुभयो ।
कोरोना संक्रमणसँगै सरकारी अस्पतालले अन्य रोगका बिरामी समेत हेर्नु्पर्ने दायित्व नारायणी अस्पतालको रहेको अवस्थामा चिकित्सक नभएको बहानामा अस्पतालले बिरामी हेर्न छाडेपछि सर्वसाधारण तथा गरिब बिरामीहरुको ज्यान जाने अवस्था सिजना भएको पन्तले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्