तपाईँ सुन्दै हुनुहुन्छः

१९ अर्ब बढीको वैदेशिक लगानी स्वीकृत

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा १९ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी स्वीकृत भएको छ ।

नेपालमा गत आर्थिक वर्षभरिमा ३८ अर्ब बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो ।

कारेरोनाको कहरका बीचमा लागनी गत वर्षको भन्दा निकै घट्ने अनुमानका विपरीत यस अवधिमा क्षिमेकी मुलुक चीनसहित विभिन्न मुलुकहरुबाट लगानीको प्रस्ताव आएको उद्योग मन्त्रालयले जनाएको छ ।

नेपालमा मात्र नभइ विश्वव्यापी रुपमा वैदेशिक लगानी घट्ने अपेक्षा गरिएको बेला नेपालमा आउने प्रतिवद्धता गरिएको बैदेशिक लगानीको यो मात्रा उल्लेखनीय भएको उद्योग सचिव चन्द्रकुमार घिमिरेले बताउनु भयो ।

नेपालमा लगानी गर्न प्रस्ताव गरेका उद्योगहरुमा अधिकांश मध्यमस्तरका रहेको र यस अवधीमा ९९ वटा लगानीको प्रस्ताव स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।

लगानी स्वीकृत भएकामध्ये ८२ लगानी क्षिमेकी मुलुक चीनबाट रहेका छन भने १७ वटा अन्य मुलुकहरुबाट रहेका छन् । नेपालमा लगानीका लागि स्वीकृति पाएका उद्योग मध्ये ५८ वटा पर्यटन क्षेत्रसंग सम्बन्धित रहेका छन भने सेवा क्षेत्रका २५ वटा रहेका छन् ।

विश्वभर गत वर्ष लगानी ४० प्रतिशतले घट्ने अनुमान गरिएकोमा १ सय ५४ ट्रिलियन डलर बराबरको बेदेशिक लगानी प्रवाह भएको थियो भने यस वर्ष १ सय ट्रिलियन बराबरको वैदेशिक लगानी प्रवाह हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button