५८ बोतल एसिडसहित व्यापारी पक्राउ
जनकपुरधाम । जनकपुरधामबाट ५८ बोतलएसिड सहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो भएको एसिड आक्रमण घटनामा धनुषा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
हिजो पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम वडा नंं २० देवपुरा घर भएका २४ वर्षका सञ्जीव साहलाई हिजै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा एसिडका विक्रेतालाई पनि पक्राउ गरिएको प्रहरीले जनाउको छ ।







प्रतिक्रिया राख्नुहोस्