तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री भट्टराईद्वारा पर्यटन सूचना केन्द्रको उद्धघाटन

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका स्थित लुक्लामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराइले उद्धघाटन गर्नुभएको छ ।

पर्यटन विभागको भ्याटसहित ३ करोड ६३ लाख एक हजार ९५० रुपैयाँको लागतमा निर्मित भवन मन्त्री योगेश भट्टराईबाट उद्घाटन भएपश्चात गाँउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

सुचना केन्द्रको रेखदेख लगायतका काम स्थानीय सरकारको स्वामित्वमा हुने छ । कार्यक्रममा स्थानिय सरकारका जनप्रतिनिधि लगायत सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।

सो अवसरमा मन्त्री भट्टराईले तेन्जिङ हिलारी विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीय सरकारले माग गरेबमोजिम कागजी प्रक्रियामा रहेकाले चाँडै स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । आवश्यक नीति बनाएर मापदण्ड अनुसार स्थानीय सरकारलाई विमानस्थल सञ्चालनको जिम्मा दिइने स्पष्ट पार्नुभयो ।

कोरोना महामारीले पर्यटन क्षेत्र शिथिल बनेको समयमा सुरक्षाका उपाय अपनाउदै पर्यटकलाई स्वागत गरिने मन्त्री भट्टराईको भनाइ छ ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रुद्रसिं तामाङले स्थानीय सरकारको माग बमोजिम पर्यटकीय भौतिक पुर्वाधार निर्माण गर्दै थप भौतिक सरंचना निर्माण गरी नेपालको पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button