संरक्षित चितुवा मृत अवस्थामा फेला
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ मा पर्ने लाम्पाखे सामुदायिक वनको ठूलोचौर भन्ने ठाउँमा संरक्षित चितुवा मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी २५ केजी तौलको पाटे चितुवा आज बिहान मृत अबस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस्तीबाट अनुमानित १ किलोमिटर माथि जंगलमा टाउकामा चोट लागेको अवस्थामा मृत चितुवा फेला परेको हो ।
दुई चितुवाबीच झगडा हुँदा उक्त चितुवा मरेको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
केही समय पहिले देखि नै बाघ, चितुवाले बस्तु बाख्रा खान थालेपछि स्थानीयबासी चितुवाको आक्रमणबाट हैरानी जेल्दै आएका थिए । मृत चितुवालाई घटनास्थल छेउमा गाडिएको जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्